विराटनगर २९ बैशाख /
हिमालयन इन्फास्टक्चर कन्ट्रक्सन प्रालि विराटनगरले एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । पचपन्न हजार मूल्य बरावरको १० थान पीपीइ ,मास्क,फेसवाइजर,ग्लोव्स,सेनेटाइजर र बुट सहितका सामान प्रदान गरिएको कन्ट्रक्सन प्रालिका अध्यक्ष विबेश कार्कीले जानकारी दिए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि विराटनगर महानगर वडा नं ४ मार्फत एम्बुलेन्स चालकलाई पीपीइ सेट प्रदान गरिएको हो । प्रदेश सभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्की र वडाध्यक्ष देवेन्द्र पोखरेलले संयुक्तरुपमा ती स्वास्थ्य सामाग्री १० जना एम्बुलेन्स चालकलाई प्रदान गरेको प्रालिका अध्यक्ष कार्कीले बताए ।