विराटनगर,२९ वैशाख ।
कोशी अस्पताल विराटनगरलाई गोर्खा वेलफेयर ट्रष्ट नेपालले पाँच लाख मूल्य बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले अस्पताललाई दुई र कोभिड –१९ उपचार केन्द्रलाई तीन थान ह्याण्ड वास पोइन्ट सहित विभिन्न १२ प्रकारका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख पूर्णप्रसाद लिम्वुले जानकारी दिए ।
वेलफेयरले प्रदेशका विभिन्न स्थानीय तह लगायतका स्थानमा स्वास्थ्य सामाग्री हस्तान्तरण तथा ह्याण्ड वास पोइन्ट निर्माणको कामपनि गर्दै आएको छ ।