Birat Post सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

   लोकेश पोख्रेल,

विराटनगर २९ बैशाख /
विराटनगर महानगरका मेयर भीम पराजुलीले सीमा सिमाक्षेत्रमा अलपत्र परेका आफ्ना नागरिक ल्याउनुपर्ने बताएका छन् । विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै पराजुलीले आफ्ना नागरिकले दुःख पाएको सरकारले टुलु टुलु हेर्न नमिल्ने बताए । सीमाक्षेत्रमा अलपत्र परेका नागरिकलाई क्वारेन्टाइनको व्यवस्थापन सहित ल्याउनु पर्दछ पराजुलीले भने “जनप्रतिनिधि बन्ने र जनताको पिडामा काम नगर्ने हो भने त्यसको कुनै अर्थ छैन । ”

सीमामा अड्किएका नागरिक स्वदेशमै बस्न पाउ ,फर्किन पाउँ भनेर गरिरहेको चित्कार राज्यले सुन्न सक्नुपर्दछ । संघीय र प्रदेश सरकार यस विषयमा सकारात्मक नभएको भन्दै स्थानिय सरकारको हैसियतमा आफ्ना नागरिक ल्याउने कार्यमा महानगर प्रतिबद्ध रहेको बताए ।

उनले हरेक स्थानिय तहले क्वारेन्टाइन बनाएको र आफ्ना-आफ्ना नागरिक त्यहि अनुसार राख्न सक्षम रहेको भन्दै उनले सरकारको रवैयाले नेपाली नागरिकले सिमाक्षेत्रमा अधितम कठिनाइ भोगिरहेको आरोप लगाए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल