Birat Post शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

चतरा ,२७ बैशाख ।
चतराधाममा किरातेश्वर महादेव बनाउने अभियन्ता संझदै विराटनगरका धार्मिक युवाहरुले सहयोग गरेका छन् । प्राचिन चतराधाम जगत गुरु श्रीशंकराचार्य पिठका पिठाधिस श्री १००८ कैलाशानन्द सरस्वती महाराजले यो अभियान थालेका थिए । अभियानले सार्थकता नपाउदै उहाँको स्वर्गारोहण भएको छ । महाराजको तेह्रदिने कर्मको लागी विराटनगरका धार्मिक युवा अभियन्ताहरुले आबश्यक सामाग्री प्रदान गर्दै किरातेश्वर महादेव बनाउने कैलाशानन्दकाे अभियानलाई  सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

लामो समय देखि चतरामा रहेर पूर्व क्षेत्रमा धार्मिक कार्यक्रममा सहभागी बन्दै आउनु भएका उहाको कर्मका लागि कपडा,चामल,छाता,आलु , घ्यू  लगायतका   सामान प्रदान गरिएको धार्मिक युवा अभियन्ता अनन्त पराजुलीले जानकारी दिए । सहयोग प्रदान कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली, धार्मिक अभियन्ता उद्धव अर्याल ,अनिल ढकाल ,टिका खतिवडा ,चतराका धार्मिक सामाजिक अभियन्ता भेषराज घिमिरे लगायतको सहभागिता रहेको थियो ।

बिगत १५ बर्षदेखि चतरालाई चतराधामको रुप दिने काममा अग्रसर ७५ बर्षिय कैलाशानन्द सरस्वतीको यही बैशाख १७ गते स्वर्गवास भएको थियो । साधु जीवन   बेथित गरि चतराधाम श्रीशंकराचार्य परिषदमा १०८ फुटको किरातेश्वर महादेवको मुर्ति निर्माण गर्ने कार्यमा होमिनु भएका उहाँको योजना विचैमा रोकिएको छ । हिन्दु धर्म र सनातन संस्कृतिको रक्षार्थ जीवन अर्पिनु भएका उहाँको सम्मानमा विभिन्न धार्मिक ब्याक्तिहरु चतरा पुग्ने गरेका छन् । धार्मिक आस्थाका विचारक कैलाशानन्दको किरातेश्वर महादेव बनाउने अभियानमा विराटनगरका धार्मिक समुदायवाट सहयोग रहने विराटनगर महानगरका मेयर भीम पराजुलीले बताउनु भयाे ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल