विराटनगर, २६ वैशाख /
विराटनगर स्थित कोशी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका ८ जना डिस्चार्ज भएका छन् । शुक्रबार डिस्चार्ज भएकाहरूलाई फूलगुच्छा सहित विदाइ गरिएको छ ।
डिस्चार्ज भएका ८ मध्ये एक महिलासहित पाँच जना उदयपुरका, २ जना विराटनगर र एकजना भारतीय नागरिक रहेका छन् । संक्रमणवाट मुक्त भएकाहरू विराटनगर १५ को रानी मर्कजमा बस्ने गरी व्यवस्था मिलाइएको छ ।