Birat Post मंगलबार, बैशाख २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

रोल्पा २३ बैशाख /

केहीदिन अघि रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विष्फोटमा परी ४ अबोध बालबालिको निधन भएको स्थानमा अरुपनि हातहतियार तथा बम बारुदहरु हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । त्रिवेणी गाउँपालिकाको दुम्ला बर्तिबाङ, मैतेगातीना भन्दा माथि छम्पा भन्ने ठाउँमा सशस्त्र युद्धका बेला हतियार निर्माण गर्ने कारखाना रहेको थियो ।सशस्त्र युद्धका बेला माओवादीको केन्द्रीय समितिको बैठक समेत त्यसेै स्थानमा बसेकाले नेताहरुको सुरक्षार्थ समेत त्यहाँ हात हतियार पुर्याइएको एक माओवादी नेताले बताए ।

दशवर्षे सशस्त्र युद्धमा होमिएका तत्कालिन माओबादी नेता कुलानन्द गिरीले २०५८ साल मंसीर ८ गते माओबादीले दाङ घोराहीको ब्यारेक आक्रमण गरेका बेला कब्जा गरेका सबै हातहतियारहरु दाङछिरी हुँदै नुवागाउँबाट मैतेगातिनाको बाटो भएर जिल्लाका बिभिन्न ठाउँमा पठाइएको थियो । यसबाहेक सशस्त्र युद्धका बेला लुकाइछिपाई राखेका अरुपनि हातहतियार त्यो ठाउँमा हुन सक्ने उनको अनुमान छ । अहिले पनि देशका विभिन्न स्थानमा माओवादीले राखेका बम र हतियार भेटिनेक्रम जारी छ ।

सम्बन्धित

ताजा अपडेट
पूर्वमन्त्री प्रदीप नेपालको निधन
आजको मौसम : बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल