विराटनगर, २२ बैशाख /
लकडाउनको विकल्प खोज्न जनस्तरवाट आवाज उठिरहेका बेला प्रदेश १ का ८ जिल्लालाई रेड जोनमा राख्ने प्रस्ताव गरिएको छ । सुनसरी र मोरङमा अहिले सम्म कोरोना सक्रमित भेटिएको छैन । सक्रमितहरु राखेकै भरमा रेडजोनमा राख्ने प्रस्ताव गएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक सुझावमा रेडजोनको प्रस्ताव गरिएको छ ।
इलाम ,झापा, सुनसरी, मोरङ, उदयपुर, ताप्लेजुङ, तेह्रथुम र भोजपुर उच्च जोखिममा परेका छन् । यी जिल्ला बाहेक धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा एल्लो जोन अर्थात् आंशिक जोखिममा राखेको छ भने सोलुखुम्बुलाई ग्रीन जोन (न्यून जोखिममा) बर्गिकरण गरिएको छ ।
रेड जोनमा परेका जिल्लामा थप १५ दिन लकडाउन गर्न उपयुक्त हुने उच्च स्तरीय समितिले सुझाव दिएको छ ।
यही सुझावका आधारमा मन्त्री परिषदमा समितिको सुझाव पेस हुदैछ । सुझाव कार्यान्वयन भए लकडाउनको अवधि अझै बढ्ने छ । सक्रमितनै नभएको तर सक्रमितको उपचार स्थल भएका कारण मोरङ ,सुनसरीका वासिन्दाले अझै केहीदिन लकडाउनको सामना गर्नुपर्ने देखिएको छ ।