Birat Post सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २२ बैशाख /

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले लकडाउनको बेला विभिन्न बाहाना बनाएर आफनो जिम्मेवारीबाट उम्किने र चर्को शुल्क असुल्ने अस्पतालहरुलाई कारवाही गरिने बताएका छन् । आइतबार अपरान्ह सम्पन्न एलिट क्लब विराटनगरको भच्र्युवल छलफलको १८ औं श्रृङ्खलामा बोल्दै मन्त्री कार्कीले त्यस्ता बेथितिविरुद्ध कठोर कदम चाल्ने बताए । यस विषयमा प्रदेश सरकारमा छलफल भएको र आवश्यक पर्दा संघीय सरकारलाई कारवाहिको लागि सिफारिस गरिने बताए ।

अन्तरक्रियाकै क्रममा आम नागरिकमा कोरोनाका विवषयमा एक किसिमको त्राशको वातावरण भएकोले संक्रमितहरु लुक्ने र सरकारले खोजेर पत्ता लगाउनुपर्ने अवस्था भएकोले सरकारले आम नागरिकलाई आस्वस्त पार्ने गरी अपील गर्न र जनता स्वयम नै क्वारेन्टाइनमा बस्न आउने वातावरण बनाउन आवश्यक रहेको सुझाव एलिट क्लबका पदाधिकारी तथा सदस्यहरुले दिएका थिए । मन्त्री कार्कीले जनतामा रहेको अनावश्यक त्रास हटाउन र कोविड १९को बारेमा कसरी सावधानी अपनाउने भन्ने विषयमा थप गृहकार्य भइरहेको बताए ।

मन्त्री कार्कीले लकडाउनको आगामी रणनीतिबारे बोल्दै काठमाण्डौ र विदेशबाट आएका मानिसहरुको कोरोना परीक्षण एक सरो सिध्याएपछि नै कोरोणनको संक्रमणको अवस्था के रहेको छ भनी यथार्थ आँकलन गर्न सकिने बताए । सीमा सुरक्षालाई सबै प्रदेशमा भन्दा प्रदेश १मा बढी चुस्त र व्यवस्थित बनाइएको कार्कीले बताए । यस्तै बाहिर रोजगारीमा गएकाहरु फर्किने र बाहिर जान तम्सिएका युवाहरु जानबाट बञ्चित रहने भएकोले ठूलो संख्यामा रोजगारीको अवसर आवश्यक रहने र त्यसका लागि आगामी बजेटमा सम्वोधन हुने गरी कार्यक्रम ल्याइने बताए ।

क्लबमा महासचिव यज्ञप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गरेपछि सुरु भएको आइतबारको भर्चुवल छलफलमा पूर्व अध्यक्ष डा. भेषप्रसाद धमला, पूर्व महासचिव प्रा. कृष्ण पोखरेल, डा. अर्जुन बराल, दिनेश श्रेष्ठ, पूर्व सा.स्कृतिक सचिव कविराज नेउपाने, कार्यसमिति सदस्य मणि अर्याल, सदस्यहरु प्रा. डा. मीनराज ढकाल, स्वयम्भुनाथ कार्की, डा. चन्द्र उपाध्याय,मोहन सुवेदी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको सडक सौन्दर्यकरणका लागि हिमालयन बैंकको सहयोग
मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने कांग्रेस कोशी प्रदेश समितिको निर्णय
एनईएससीको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल