विराटनगर २२ बैशाख /
मौसम पूर्वानुमान महाशाखाले अनुसार आज दिनभर मौसममा बदली हुने जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेका कारण मौसममा बदली आउने बताएको छ ।
देशको पश्चिमी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ । मौसममा परिवर्तन भइरहने बताएको छ । केही दिनदेखि बढेको तापक्रममा आज कमी आएको छ । केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।