विराटनगर १९ बैशाख /
नेपाल तरुणदलले मोरङले अस्पतालमा उचार गराउन आएका विरामी र कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिएको छ । हालसम्म २ हजार ६ सय जनालाई खाना खुवाईएको बताइएको छ । यो अभियानलाई सवैले प्रशंसा गरेका छन् । यस अभियानमा केन्द्रीय स्तरका नेता देखी स्थानीयतहका जनप्रतिनिधि समेत सहभागी भएका छन् ।
तरुण युवाहरुले दिनराज नभनी यो कार्यलाई निरन्तरता दिने बताएका छन् । अभियानमा नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला समेत खाना खुवाउने अभियानमा सरिक भएका छन् ।
यस्तै युवा नेता तथा विराटनगर महानगरका मेयर भीम पराजुली, तरुणदल मोरङका अध्यक्ष संञ्जय थापा, उपाध्यक्ष खेम थापा ,कोषाध्यक्ष अनिल लक्ष्मी रिजाल, सासंद विन्दिया कार्की, तरुणदल विराटनगर सभापती सन्तोस न्यौपाने , तरुणदलका युवा नेता मनिस तिम्सिना लगायतको सहभागिता रहेको छ । लकडाउन अबधिभर यो अभियान जारी रहने तरुण दलले जनाएको छ ।