Birat Post शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमान्डौ १९ बैशाख /
नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाले ‘मे १ तारिख’ अर्थात् श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकहरुमा शुभकामना व्यक्त गरेकी छन् । श्रमिक वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्दै नेपालमा २००३ सालमा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको बताइन् ।

गिरिजाप्रसाद कोइरालाले अख्तियार गरेको आन्दोलनमा तत्कालिन सरकारले निर्ममतापूर्वक दबाउने नीति लिएको र परिणाम स्वरुप देशमा प्रजातन्त्र आएको बताइन् । मजदुर आन्दोलन बलवाट देशमा परिवर्तन सम्भव भएको भन्दै कोइरालाले बदलिदो परिस्थितीमा उत्पादनमुलक काममा मजदुरहरु लाग्नुपर्नेमा जोड दिइन् ।

मजदुरको हकहित र संरक्षणको भूमिकामा राज्यले विशेष प्याकेज ल्याउन आबश्यक भएको बताइन । लकडाउनका कारण समस्यामा परेका मजदुर र उनीहरुका आश्रीत परिवारलाई तत्काल राहतका प्याकेज ल्याउन समेत सरकार संग आग्रह गरेकी छन् । विसं २०१६ मा काँग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरलाई कानूनसम्मत अधिकार प्रदान गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल