विराटनगर १४ बैशाख /
विराटनगर महानगरको सहयोगमा युवाहरुले बनाएको रोबोर्ट आइतवार कोशी कोरोना अस्पताललाई हस्तान्तरण गरिएको छ । महानगरका मेयर भीम पराजुलीले अस्पतालका प्रमुख डा. संगीता मिश्रलाई हस्तान्तर गरेका छन् । संक्रमितको रेखदेख गर्न रोबोट सारथी बन्ने छ । विराटनगरका नौ जना युवाको समूहले बनाएको रोबोट कोरोना संक्रमितको उपचारमा निकै सहयोगी हुने विराटनगर महानगरपालिकाका मेयर पराजुलीले बताए । संक्रमितलाई आवश्यक सरसामान दिन र खाना पु¥याउन पनि निश्चित दूरी कायम गर्नुपर्ने अवस्थामा युवाहरूबाट भएको यो सहयोग निक्कै उपयोगि हुने अपेक्षा महानगरको छ ।
मिश्रले कोशी कोरोना अस्पतालमा उपचाररत संक्रमितलाई रोबोटमार्फत् खाना र आवश्यक सामान पु¥याउन सहज हुने बताइन् । अहिलेसम्म अस्पतालका कर्मचारीले नै संक्रमित बसेको कोठाको अगाडिसम्म खाना लैजाने गरेका थिए । अब रोबोटबाट लान मिल्ने भए पछी खुसी लागेको बताइन् । रोबोटले निर्मलीकरण स्प्रे , खाना बोक्ने तथा भित्रको दृष्य क्यामेरामा कैद गर्न सक्छ । बिरामीको अवस्था बुझ्न समेत सहज हुने हुदा यसवाट प्रशस्त लाभ लिन सक्नेमा आशावादी रहेको डांं मिश्रले बताइन । कार्यक्रममा विराटनगर महानगरका उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल,वडाध्यक्ष उद्धव अर्याल,कुमार पोखरेल,माधबराज वाग्ले,मीनकुमार आचार्य,देवेन्द्र पोखरेल लगायतको सहभागिता रहेको थियो ।