विराटनगर ११ बैशाख /
विराटनगरका मस्जिद,मदरसामा कोरोना परीक्षण अभियान शुरु गरिएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले बिहिवार वडा नं. १५ मा रहेको रानी मरकजमा द्रुत परीक्षण (आरडीटी) र स्वाब नमुना संकलन गरिएको छ ।रानी मरकज संग सम्वन्धिदत ब्याक्तिहरु तथा मुस्लिम नेताहरूको सहभागितामा कोरोना परीक्षण कार्यक्रम गरिएको मेयर भीम पराजुलीले जानकारी दिए ।
९६ जनाको आडीटी परीक्षण गर्दा सवै रिर्पोट नेगेटिभ आएको छ । उनीहरूमध्ये १८ जनाको स्वाब संकलन गरी थप परीक्षणको लागि कोशी अस्पतालको ल्याबमा पठाएको महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । वीरगन्ज र उदयपुरको भुल्केका कोरोना संक्रमित मुस्लिम अगुवा (जमाती) बसेको स्थान समेत हो ।
उनिहरु मस्जिदमा भएको धार्मिक कार्यक्रमहरूमा पनि सहभागी भएका थिए । महानगरको समन्वयमा भएको कोरोना परिक्षण कार्यक्रमलाइ मुस्लिम समुदायले सहर्ष स्विकार गरेको मुस्लिम अगुवा हसन अन्सारीले बताए । कोरोनाका विषयमा मुस्लिम समुदाय थप सचेत भएको भन्दै उनले राज्यद्धारा गरिने सवै परिक्षणमा सहभागी हुने बताए ।