एक्कासी दौड रोकिइसकेको छ।सबै तीर अस्थीरता कायम छ।मानव जातिले गरेका हरेक आविष्कारहरुको रूप बदलिसकेको छ।आफूलाई सृष्टिको अद्वितीय रचना मान्ने मानव विभस भई नरसंहार हेरिरहेका छन्।के हो यो ,प्रकृतिको प्रकोप या कसैको सृष्टि विनाश पार्ने षड्यन्त्र? टुंगो लगाउन र रोक्न कसैले सकिरहेको छैन ।
आज विश्वका हरेक बुद्धिजिविले ध्यान दिनुपर्ने कुरा हो की हामी कता तिर लम्कीरहेका छौ । हजारौं मानवको इहलिला समाप्त भइसकेको छ । असहाय बनी हामी हेरिरहेका छौं। अन्योलता कायम छ । आफ्नो राष्ट्र लाई सब भन्दा बलियो बनाउने होडबाजीनै हो भने त केही भन्नु छैन । आफ्ना मुलुकको सुरक्षा को कारण दिंदै, अरबौं खरबौ राशी बिध्वंशकारी आधुनिक हातहतियार निर्माणमा खर्च गरिरहेका छौ । यी सव केका लागी ? आज अदृष्य तत्वसंग लड्न हामी सकिरहेका छैनौ ।
ठूल-ठूला शक्तिशाली देशहरु समेत निरिह बनेको देख्दा अचम्म लाग्छ ? यो प्रकोप संग उनीहरुले समेत निउरिन बाद्य भएका छन् । मानिसहरु दैविक आराधना चमत्कारको आशा गर्न बाध्य भएका छन्।आफू लाई सर्वस्व र सक्षम मान्नेहरू निरस्त भइसकेका छन्।मानव जीवन बचाउन भइरहेका दैनिक परिक्षणहरूको विफलताले त्रासको बातावरण कायम गरेको छ । मानिसले आफ्नो बुद्धि को प्रयोग सिर्जना भन्दा बढी एक अर्का लाई संहार गर्न बढी उद्धत देखिन्छ ।
कोरोना महामारी एउटा सबक हो सम्पूर्ण मानवजातिका लागी । अहिले पनि मानव जाति सम्माल्लिन सक्यो भने यस परिस्थिति बाट बच्न सक्छ । मानवता तथा मानव जातिको उद्धारको लागि यो विपदमा सवै बिश्व एक हुन जरुरी छ । एउटाको सनकीले बिश्व दुर्घटना हुनबाट बचाउन सवै सचेत बन्नु पर्दछ । आजको आबश्यकता भनेको सचेतता हो । अहिलेका आधारमा हामी आउने हरेक समस्याको साधानका लागी तयाार रहन आबश्यक छ । यो समय भनेको बाच्ने र बचाउने बेला भएकोले हामी हरेक कुरामा सहकार्य गर्दै अगाडी बढौ ।
शुभकामना :