Birat Post बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ३ बैशाख /
तराइ क्षेत्रमा रहेका मस्जिदहरुमा बिदेशी नागरिकहरु आश्रय लिएर बसेको पाइएको छ । कोरोना सक्रमण संगै भएको लकडाउनका कारण उनिहरुको पहिचान भएको हो । हालै मात्रै मोरङको सुनबर्षी नगरपालिकामा रहेको डाँइनियास्थित एक मस्जिदमा ९ जना पाकिस्तानीहरु भेटिएका छन् । उनीहरु धर्मगुरु भएको बताइएको छ । स्रोतका अनुसार उनीहरुमा कोरोना परिक्षण समेत गरिएको र नेगेटिभ रिपोर्ट आएको बताएको छ । उनीहरु कोरोना सक्रमित छैनन् र आफ्नो देश फर्कन चाहिरहेको बुझिएको छ ।

यसै गरी सुनसरीको भोक्राहा नरसिह गाउपालिकामा रहेको खतिजन कुव्रा नामक मस्जिदमा १० जना भारतीय मुलका बंगालीहरु आश्रय लिएर बसेको फेला परेको छ । नेपाल मुस्लिम संघ प्रदेश १ का सभापति हाजी इसराइल मन्सुरीका अनुसार इज्तेमामा सहभागी हुन आएका १० जना जमातीहरु भारतको पश्चिम बंगाल राज्यको पश्चिम मधनीपुर कलकताको भएको बताएका छन् ।

लक डाउन अघि वा सोही अवधीभित्र विदेशबाट बैद्य अवैद्य रुपमा आएर बस्दै आएका मध्ये सुनसरीमा ५५ जनालाई प्रहरीले पत्ता लगाएको हो । यसरी फेला परेका विदेशी नागरिकहरुमा अधिकांश जिल्लाका विभिन्न मस्जिदहरुमा आश्रय लिई बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
मस्जिदमा आश्रय लिईरहेकाहरु भारत, पाकिस्तानसहित विभिन्न मुलुकबाट सप्तरीमा सम्पन्न इज्तमा सहभागी भएका छन् भने केही भारतको नयाँ दिल्लीको निजामुद्दीनमा भएको तबलिगी जमातबाट फर्किएकाहरु रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीको इटहरी उपमहानरपालिका १८ स्थित जितपुर मस्जिदबाट ८ जना पाकिस्तानी, हरिनगर १ भुटाहा मस्जिदबाट १४ जना भारतीय, दुहवी नगरपालिका १ मा रहेको मस्जिदबाट ११ जना पाकिस्तानी, बर्जु गाउँपालिकामा रहेको मस्जिदबाट १२ जना भारतीय र भोक्राहा नरसिंह गाउँपालिकामा रहेको मस्जिदबाट १० जना भारतीय बंगालीहरु फेला परेका हुन् । उनिहरुलाई थप निगरानी गरी आबश्यक स्वास्थ्य शुरक्षा प्रबन्ध गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल