विराटनगर ३ बैशाख /
विराटनगर महानगरपालिका वडा नं.१९ बैजनाथपुरमा रहेको स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा बसिरहेका १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना सक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेकाहरुलाई महानगरले (आरडीटि) चेकजाँच गरेको थियो । क्वारेन्टाइनमा ८ जना र ४ जना होम क्वारेन्टाइनमा बस्दै आएकाहरुको रिपोर्ट नेगेटिभ आएको महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।
विराटनगरका ९ जना , विभिन्न जिल्लाबाट आएका ३ जना रहेका छन् ।जसमा काठमाडौं १ ,जनकपुर १ र धनुषा १ जना गरी जम्मा १२ जनामा गरिएको परिक्षणमा नेगेटिभ रिपोर्ट आएको हो । महानगरका तर्फबाट क्वारेन्टाइनमा शंकास्पद विरामीको उपचारमा खटिएका डा. प्रज्वल खतिवडाले गत चैत्रमा विदेशबाट महानगर पसेका ३ सय १८ जनाको आरडीटि गर्नका लागि थप गृहकार्य भइरहेको जानकारी दिए ।