विराटनगर महानगरले पनि आयोजना ग¥र्यो राष्ट्रिय गान र ताली बजाउने कार्यक्रम
विराटनगर १ बैशाख /
नेपालीहरुले राष्ट्रिय गान गाएर र ताली बजाएर नयाँ बर्षको सुरुवात गरेका छन् । यसै बीच विराटनगर महानगरपालिकाले सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाउने कार्यक्रम सम्पन्न गरेको छ । महानगरका मेयर भीम पराजुली सहित कर्मचारी,स्थानीय बुद्धिजिवि तथा उद्योगीहरुको सहभागितामा राष्ट्रिय गान गाइएको हो ।
यस्तै देशभरका सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, सर्वसाधारण लगायतले बिहान ८ बजेको समयमा आफू रहेकै स्थानमा उभिएर राष्ट्रिय गान गाएका छन् । नयाँ बर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै नयाँ बर्षको अबसरमा राष्ट्रिय गान गाउन र ताली बजाउन सवै नेपालीलाई आह्वान गरेका थिए । यसै अनुरुप कोरोना संक्रमण रोक्न अहोरात्र खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन र ताली बजाइएको हो ।
राष्ट्रिय गान र ताली बजाउने कार्यक्रम अन्तरगत विराटनगरका केही दृष्यहरु :