बिराटनगर २६ चैत्र ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले प्रदेश १ सरकारलाई कोरोनाविरुद्धको अभियानका लागि ५ लाख रुपैंया सहयोग गरेको छ । मंगलबार बैंकले प्रदेश सरकारद्वारा स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैंया सहयोग गरेको हो ।
बैंकका बिराटनगर शाखा प्रबन्धक (प्रदेश १) दुर्गा प्रसाद घिमिरेले प्रदेश १ का मूख्यमन्त्री शेरधन राइ लाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैकले प्रत्येक प्रदेश सरकारलाई ५/५ लाख रुपैंया र संघीय सरकारलाई ६५ लाख रुपैंया गरी एक करोड रुपैंया सहयोग गरेको बैंकले जनाएको छ ।
बैंकले बिपदको समयमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले बिश्वभर महामारी फैलिरहेको कोरोना विरुद्धको अभियानका लागि सरकारलाई सहयोग हस्तान्तरण गरेको शाखा प्रबन्धक घिमिरेले बताए ।