कौशल निरौला शुक्रबार, चैत्र २१, २०७६ मा प्रकाशित

featured photo: Birat Post

तर एका -एक ती सोचेका सवै कुरा बेकार लागे । दुधमा लागेको छाली जस्तै रहेछ उनीहरुले गरेको विकास । कोरोना महामारीमा सर्व शक्ति सम्पन्न बैज्ञानिक समेत चीत खाएको देखियो । विश्व स्वास्थ्य संगठन संगको भरोसा पनि टुट्यो । कुनै कुरा पनि यही हो भन्न सकेन । सुतेर बसेको विश्व स्वास्थ्य संगठन अहिले बिउझेको मात्र छ ।

 

– विश्व नक्सामा अटाएको सानो देश नेपाल । यहीँ बस्ने म सोच्ने गर्दथे  बिश्वका शक्तिशाली राष्ट्र र संस्थाहरु हरेक बिपत्तीको सामना गर्न तयार छन् होला । उनीहरु संग पैसा छ । बैज्ञानिक चमत्कारको चरम सिमामा पुगेका छन् । हेर्दा हामीभन्दा राम्रा र गोरा छन् । खानपिन पनि हाम्रो भन्दा राम्रो छ । ती देश घुम्न जान पाए हुन्थ्यो । त्यहाँ जाने बित्तिकै पैसा फल्छकी जस्तो पनि लाग्थ्यो । यो मेरो मात्र बुझाइ हैन । किनकी विदेशमा रहेका हाम्रा नेपालीको संख्याले पनि त्यही पुष्टि गर्दछ ।

तर एका -एक ती सोचेका सवै कुरा बेकार लागे । दुधमा लागेको छाली जस्तै रहेछ उनीहरुले गरेको विकास । कोरोना महामारीमा सर्व शक्ति सम्पन्न बैज्ञानिक समेत चीत खाएको देखियो । विश्व स्वास्थ्य संगठन संगको भरोसा पनि टुट्यो । कुनै कुरा पनि यही हो भन्न सकेन । सुतेर बसेको विश्व स्वास्थ्य संगठन अहिले बिउझेको मात्र छ । गर्न उसले पनि केही सकेको छैन । तथ्यमा कुनै शक्ति राष्ट्र पुग्न सकिरहेका छैनन् । विपत्तिमा पनि शक्ति संघर्षकै कुरा छ । मानव जगतको अस्तित्व  बचाउन कोही जिम्मेवार देखिएनन् भन्दा पनि हुन्छ । यो बेला आम जनमानसले गर्ने भनेको आफ्नो संस्कार अनुसारको आरधना नै हो । कसैले देवी देवता ,कसैले अल्लाह ,कसैले प्रभु यसु आदी -आदी । जे सकिन्छ त्यही पुकारा भइरहेको छ । बिश्वास त्यसैमा अडिएको छ । बिश्वजगत त्राहिमाम भएको छ ।

बिश्व स्वास्थ्य संगठन यो महामारीमा निर्मम तरिकाले उत्रिएला भन्नेनै थियो । उ युद्धमा तयार सेना जस्तो छ होला भन्ने सवैलाइ लागेको थियो तर हतियार विनाको सेना जस्तै निर्लज्ज देखिन्छ । हालैमात्र विश्व स्वास्थ्य संगठनका पूर्वनिर्देशक प्रोफेसर हेम्यानले एमआईटीको नयाँ अध्ययनको मूल्यांकन गरिएको बताएका छन् । नयाँ अध्ययन अनुसार मास्क लगाउनु व्यक्तिगत दुरी कायम राख्नुभन्दा ज्यादा प्रभावकारी हुन्छ भन्नेमा बिश्व स्वास्थ्य संगठन छ ।

हाल विश्व स्वास्थ्य संगठनले हाछ्यु गर्दा वा खोक्दा कोरोना भाइरस एक मिटरसम्म पुग्नसक्ने भन्दै मानिसहरुलाई सकेसम्म दुरी कायम गर्न सल्लाह दिँदै आएको छ । विशेषज्ञहरुको खोज हाछ्युँ गर्दा वा खोक्दा कोरोना भाइरस छ देखि आठ मिटरभन्दा पनि टाढा जानसक्छ कि सक्दैन भन्ने कुरामा केन्द्रित भइरहेको बताइएको छ । अमेरिकाले भने हाछ्युँ गर्दा कोरोना भाइरस छ देखि आठ मिटर टाढासम्म पुग्ने निष्कर्ष निकालेको छ । तर यी दुवै कुरामा बैज्ञानिकहरु एक मत छैनन् ।

कोरोना भाइरस संक्रमितको उपचार र हेरचाह गर्ने व्यक्तिहरुलाई पनि मास्क र सुरक्षा पोशाक पीपीई लगाउन विश्व स्वास्थ्य संगठनले भनेको छ । साथै, आफूले लगाएको मास्कलाई केही समयमै परिवर्तन गरेर उचित स्थानमा मात्र फ्याँक्न, बेला बेलामा साबुन पानीले हात धुन र स्यानेटाइजर प्रयोग गर्न पनि सुझाव दिइएको छ । अहिले बिश्व स्वास्थ्य संगठन सुझावमै सिमित रहेको छ ।

नेपाल जस्ता साना देशहरु यो महामारी संगको लडाइमा जेन तेन लड्ने प्रयाशमा छन् । हतियार विनाको सेना जस्तै लडाइको मैदानमा छन् । यद्यपी यहाँको पानि ,खानपिन र वातावरणले केही प्रभाव पारेको देखिन्छ । कोरोना सक्रमणवाट बच्न होसियारी अपनाउ । अधिकांश देशहरु कोरोनाको कहरमा छन् । यो भवितव्यको सामाना गर्ने शक्तिका लागि प्रार्थना गरौ ,बस प्रार्थना गरौ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल