विराटनगर १९ चैत्र /
विराटनगर महानगरपालिका क्षेत्रभित्र रहेका विपन्न तथा असाय परिवारले महानगरपालिकाबाट खाद्यान्न राहत पाउने भएका छन् । यसका लागि आगामी चैत्र २२ गते शनिवारबाट राहत बाढ्ने तयारी भइरहेको बताइएको छ । कोरोना संक्रमणका कारण देश लकडाउन भइरहेका बेला विराटनगर महानगरपालिकाले सवै वडामा विपन्न परिवारको पहिचान सहितको डाटा निकालेको छ । महानगरपालिकाले बनाएको विपत् राहत कोष बाट १९ वटै वडामा समान ढंगले राहत वितरणको प्रबन्ध मिलाउन आबश्यक तयारी भइरहेको मेयर भीम पराजुलीले जानकारी दिए ।
यहीकुरालाई लिएर महानगरले हालै महानगरक्षेत्रवाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य तथा संघीय सांसदहरुसंग परामर्श गरेको छ । क्षैत्र नं.४,५ र ६ का प्रदेश सभा सदस्य तथा सासंदहरु संग उपलब्धताको आधारमा बिपत व्यवस्थापनका कसरी जुट्ने भन्ने विषयमा छलफल भएको मेयर पराजुलीले जानकारी दिए । छलफलमा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे ,संघीय सांसद अमनलाल मोदी ,,प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस मुख्य सचेतक केदार कार्की,प्रदेश सभा सदस्यहरु जयराम यादब, बिन्दिया कार्की लगायतको सहभागिता रहेको थियो । उनीहरुले महानगरले बनाएको कार्ययोजना अनुरुप सहयोग गर्न तत्पर रहेको बताएका थिए ।