Birat Post बुधबार, चैत्र १९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १९ चैत्र ।
कोरोना सक्रमण आशंकामा विराटनगर महानगरभित्र निगरानीमा रहेकाहरुको ४ जनाको नमूना संकलनमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । यो रिपोर्ट संगै अहिले सम्म विराटनगर सुरक्षित रहेको छ । विराटनगर महानगरले बनाएको बैझनाथपुर स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा बसिरहेका ४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने अहिले सम्म विराटनगर सुरक्षित रहेको छ । बैझनाथपुरमा रहेका ३ जना विराटनगरका हुन् भने १ जना जनकपुरका व्याक्ति हुन् । उनीहरुले १४ दिन क्वारेन्टाइनमै समय बिताए पछी मात्र घर जान पाउने कार्कीले बताए । विराटनगरका सबै आशका गरिएका ब्याक्तिहरुमा कोरोना नेगेटिभ देखिए संगै स्वास्थ्यकर्मी समेत खुसी भएका छन् ।

जिल्ला स्तरमा अहिलेसम्म झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, ते¥हथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमूना संकलन भएको छ । बुधबार मोरङबाट २, सुनसरीबाट १, भोजपुरबाट २ र उदयपुरबाट ३ गरी ८ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल