Birat Post बुधबार, चैत्र १९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १९ चैत्र /
विराटनगरका अधिकांश धार्मिक मठहरुमा अनुष्ठान शुरु गरिएका छन् । कोरोनाका कारण बिश्वब्यापी महामारी फैलिरहेका बेला यसबाट मानव जगतमा कुनै असर नपरोस भन्ने कामनाका साथ यसखाले अनुष्ठान शुरु भएका हुन् । बिश्वशान्तिको कामना गर्दै सरकारले तोके बमोजिम  दूरी  कायम राख्दै अनुष्ठान शुरु भएको मठहरुले जनाएका छन् । विराटनगर महानगरका मेयर भीम पराजुलीले यी सवै मठहरुमा अनुष्ठानको शुभारम्भ गरेका छन् ।धार्मिक जगवाटै हुर्केको समाज भन्दै मेयर पराजुलीले कुन-कुन विधि अपनाउदा हुन्छ त्यहीअनुरुप अनुष्ठानका आफु सहभागि भएको बताए । उदेश्य बिश्वशान्तिको कामना भएकाले यसलाई अन्यथा नलिन पनि आग्रह गरे । हाम्रा धार्मिक मूल्य मान्यता बैज्ञानिक भएको भन्दै सकारात्मक पक्षलाई अगाल्नुपर्नेमा जोड दिए ।

अनुष्ठानको धार्मिकगुरुहरुले कमाण्ड सम्मालेका छन् । विराटनगरका लक्ष्मिनारायण मन्दिर पाञ्चालीमा चिरन्जीवि न्यौपाने र राजन पोखरेल , बरगाच्छीको राधारमण मन्दिरमा भवानी शंकर निरौला र शंकर रेग्मी ,लक्ष्मीनारायण मन्दिर पिपलचोकमा श्रीवैष्णव युवापरिषद केन्द्रका महासचिव रामानुज नेपाल र अध्यक्ष कुमार खतिवडा र साइमन्दिर सरोचियामा सन्तोष साइराम संयोजकत्वमा अनुष्ठान भइरहेको विराटनगरका धार्मिक अभियन्ता अनन्त पराजुलीले जानकारी दिए । यो अनुष्ठान कोरोना सक्रमण रहेसम्म गरिने पराजुलीले बताए । उनले भने यो इश्वरिय प्रार्थना हो ,यसबाट हामी शुरक्षित रहन्छौ । यसका लागि सवै धार्मिक क्षेत्रका मानिसहरुको सहयोग आबश्यक छ । उनले विहान ,बेलुका शंख ,घण्ट ध्वनीद्धारा यो कार्यक्रम अगाडी बढाइरहेको जानकारी दिए ।

 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल