Birat Post बुधबार, चैत्र १२, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १२ चैत्र /
विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस्फेक्सन अर्थात निर्मलीकरण अभियानको शुरुवात गरेको छ । महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी बनाइएको डिस्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु गरिएको हो । बुधवार विराटनगर महानगरका मेयर भीम पराजुली सहित कोशी अस्पताल पुगी स्प्रे अभियानको शुरुवात गरिएको छ । सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायन बाट बनाइएको स्प्रे पहिलो चरणमा कोशि अस्पताल वाट शुरुवात गरिएको हो ।

नगरवासीलाई कोरोना सक्रमणवाट जोगाउन यो कार्यक्रम फलदायी हुने मेयर भीम पराजुलीले जानकारी दिए । सक्रमण नियन्त्रणका लागि डव्लु एचो को मापदण्डमा रही महानगरले आफ्नै ल्यावबाट डिस्फेक्सन स्प्रे बनाएको र आबश्यक परे थप जनशक्ति सहित नगरको स्वास्थ्य सुरक्षामा जुट्ने पराजुलीले बताए । सो स्प्रे अभियानमा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संगिता मिश्र ,डा.लक्ष्मीनारायण यादव ,महानगर स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्की ,कार्यक्रम संयोजक हैदर अली लगायतको उपस्थिती रहेको थियो । यस्तै विराटनगर महानगरपालिकाको कार्यालय र विराटनगर स्थित १९ नं .वडामा रहेको जनस्वास्थ्य कार्यालयमा समेत स्प्रे गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल