विराटनगरमा ५ हजार ४ सय ८० जनामा कोरोनाको प्राथमिक परिक्षण

आबश्यक स्वास्थ्य शुरक्षात्मक सामानको अभावमा पनि काम गर्दै स्वास्थ्यकर्मी

Birat Post बिहिबार, फाल्गुण २९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ फागुन /
विराटनगरको भारतीय सीमा नाका रानी र हवाईमार्गबाट विराटनगर प्रवेश गर्नेको संक्रमण जाचका लागि स्थापना गरिएको हेल्थ डेक्सले यथासम्भब काम गरिरहेको छ । स्वास्थ्य हेल्प डेक्स स्थापना भएको तीन दिनमा दुवै क्षेत्रमा गरी ५ हजार ४ सय ८० जनाको प्राथमिक परिक्षण गरिएको छ । जसमा मानिसको तापक्रम नाप्ने गरिन्छ । शंका लागेको मानिसको निगरानी गर्ने र उपचारका लागि पहल गर्ने गरी डेक्स स्थापना भएको हो ।

विराटनगर विमानस्थल भएर आएका २७ सय १२ र भारत हुदै रानी बाट नेपाल प्रबेश गरेका २७ सय ६८ जनामा गरिएको परिक्षणमा हाल सम्म कोरोना सक्रमित नभेटिएको विराटनगर महानगरका स्वास्थ्य महासाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

रानी नाका र विराटनगर विमानस्थलमा सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले सम्युक्तरुपमा डेस्क राखेको हो । विमानस्थलको भिआइपी कक्ष र यात्रु आउने कक्षमा छुट्टा छुट्छै जाच गरिने गरेको छ ।

छिमेकी दुवै राष्ट्र चीन र भारतमा कोरोनाको संक्रमण देखिएकाले सीमा नाकामा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ । यस विषयमा भारतले समेत खासै चासो राखेको पाइन्न । सिमाक्षेत्र र विमानस्थलमा खटाएका स्वास्थ्यकर्मीहरु समेत आबश्यक स्वास्थ्य शुरक्षात्मक सामानको अभावका बाबजुत काम गरिरहेका छन् । गत २७ गते सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरका मेयर भीम पराजुलीले हेल्थ डेक्सको शुरुवात गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल