विराटनगर २३ फागुन /
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सामाजिक उत्तरदायित्व अन्तरगत विराटनगर वडा नं. ६ स्थित आधारभूत विद्यालयलाई २० थान डेक्स, वेन्च हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच डेक्स, वेन्च हस्तान्तरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगी -व्यवसायीका अग्रणी संस्था उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले संस्थागत सामाजिक उत्तरदायित्व वोध गरी शिक्षित समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ विद्यालयलाई सहयोग गरेको बताए । यस्तै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले संगठन र संघको संयूक्त सहयोगमा उपलब्ध गराएको डेस्क वेञ्चले विद्यालयमा अध्ययनरत वालवालिकालाई पठन पाठनमा सहज हुने धारण राखेका थिए । वालवालिकालाई शिक्षाको माध्यमबाट उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने अन्य कार्यहरु समेत गर्दै जाने बताए । कार्यक्रममा ¬नेकपाका केन्द्रिय सदस्य गुरु वराल ,विद्यालयका प्रधानाध्यापक जयन्ती दास लगायतको सहभागिता रहेको थियो ।