Birat Post शुक्रबार, फाल्गुण १६, २०७६ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी १६ फागुन /
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता संगठित र योजनाबद्ध षडयन्त्र भएको बताएका छन् । धर्म परिबर्तन भएको प्रती तिब्र आपत्ति प्रकट गर्दै उनले सवै नेपाली नागरिक सचेत रहन आग्रह गरे । पार्टीको सुनसरी बराहक्षेत्र नगर समितिको अधिबेशन उद्घघाटन गर्दै थापाले लोभ लालच, भ्रम र प्रलोभनको आधारमा धर्म परिबर्तन हुँदा पनि सरकार मुकदर्शक भएर बस्नु दुर्भाग्यपूर्ण भएको बताए ।

राप्रपालाई आगामी चुनाबमा कांग्रेस कम्युनिष्टसंग संगैको तेस्रो शक्ति बनाउने अभियानमा जुट्न थापाले कार्यकर्ताहरुलाई आग्रह गरे । जनता विकल्पको खोजिमा छन् , लोकतन्त्रको नाममा लुटतन्त्र जनतालाई मन परेको छैन, वाइडबढी, तेत्तीस क्विन्टल सुन,बालुवाटार जग्गा ,एनसेल कर लगायत गोकुल बास्कोटाको काण्ड जनताले राम्ररी बुझिरहेको भन्दै जनताको भावना बुझेर राप्रपाले आगामी दिनमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।

भ्रष्ट्राचारले नेपाली समाज र राजनीतिमा क्यान्सरको रुप लिएको चर्चा गर्दै थापाले राजनीतिलाई भ्रष्ट्राचारले फोहरी बनाएको तर्क गरे । नेपालको भुराजनीतिको कारण राजसंस्था आबश्यक भएको भन्दै थापाले जनताको बलमा आउने राजसंस्था मात्रै दिगो र टिकाउ हुने बताए । संविधान भित्र र संसद नियन्त्रीत राजसंस्थाले मुलुकको हित गर्छ थापाको कथन थियो ।

कार्यक्रममा प्रदेश नं १ अध्यक्ष राम थापाले जनताको घर दैलोमा गएर अगाडी बढ्ने बताए । उनले समय सापेक्ष पार्टिलाई अगाडी बढाउने उद्घोष समेत गरे । आन्तरिक शुद्धिकरणमा लागेको राप्रपाले अर्जुन भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नगर समिती समेत चयन गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल