विराटनगर १५ फागुन /
पूर्वाञ्चल विश्वविद्यालय मोरङको गोठगाउँमा सार्ने सरकारको निर्णयको नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिले विरोध जनाएको छ । कार्यसमितिका कार्यवाहक नगर सभापति अरुण न्यौपानेद्धारा जारी प्रेस विज्ञप्तीमा नेकपा सरकारले षड्यन्त्र गरी विश्वविद्यालय सार्न लागिएको भन्दै भत्र्सना गरिएको छ । विराटनगर शैक्षिक केन्द्रकोरुपमा अगाढी बढिरहेको बेला सहजता प्रदान र प्रोत्साहन गरिनु पर्नेमा हठात आएको यसखाले निर्णय खेदजनक रहेको भन्दै विराटनगरवासीलाई मान्य नहुने विज्ञप्तीमा उल्लेख छ ।सरकारका समाजविरोधी कार्यहरुको खुलेर विरोध गर्न आम नगरवासीमा आह्वान गरिएको छ । तत्कालिन समयका विराटनगरको साख जोगाउन गीरिजाप्रसाद कोइरालाले खेल्नु भएको भुमिकालाई अहिलेको सरकारले लत्याएको भन्दै विरोध गरिएको छ । विश्वविद्यालय सार्ने विषयमा विराटनगरका बुद्धिजीवी तथा राजनैतिकदलका नेतृत्वले समेत यसको विरोध जनाएका छन् ।