विराटनगर १४ फागुन /
द्वन्द्वकालकै झै झझल्को दिनेगरी शैक्षिक क्षेत्रमा समस्या सिर्जना गर्ने काम शुरु भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिष्ट पार्टीको अस्तित्व समाप्त भएको बताइरहदा उसको प्रभाव भने कायम छ । बुधवार विप्लवको नेकपा निकट विद्यार्थी संगठनले देशभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको छ । यसको प्रतिकार गर्ने पक्षमा कोही देखिएका छैनन् । विद्यालयले अभिभावकलाई आज विद्यालय लाग्दैन भन्ने सम्मको जानकारी गराएका छन् ।
विप्लव कता छन् र उनको संगठन कसरी अगाडी बढिरहेको छ भन्ने विषय सरकार जानकार छ वा छैन भन्ने भ्रम सिर्जना भएको छ । अखिल क्रान्तिकारीले शैक्षिक हड्तालको आह्वान गरे संगै शैक्षिक संस्थाहरु ठप्प भएका छन् । उनीहरुले संगठनका नेता तथा कार्यकर्तालाई गिरफ्तारी रोक्न माग गर्दे शैक्षिक हड्ताल गरेका हुन् ।
शैक्षिक क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने दलहरुको सहमति पालना हुन सकिरहेको छैन । सुरक्षाको प्रत्याभूति नहुदा विद्यालय बन्द गर्नु परेको एक विद्यालय सञ्चालकले बताए । विप्लवका पूर्वी कमाण्ड सम्माल्दै आएका एक विद्यार्थी नेताले शैक्षिक क्षेत्र हड्ताल गर्नु बाद्यता भएको सुझाए ।