विराटनगर १३ फागुन /
प्रदेश नं.१ सरकारलाई आबश्यक पर्ने संरचना निर्माणका लागि विराटनगर महानगरले सहयोग गर्ने भएको छ । प्रदेश सरकारका ब्यवस्थापिका ,कार्यपालिका,न्यायपालिका,र संबैधानिक निकायका संरचना निर्माणका लागि आबश्यक जग्गा उपलब्ध गराउने विषयमा महानगर तयार भएको हो ।
विराटनगर महानगरका मेयर भीम पराजुली सहितकाे टाेलिले मंगलबार प्रदेश नं.१ का सभामुख प्रदिप भण्डारीलाई ज्ञापनपत्र बुझाउदै यस्तो प्रतिबद्धता जनाएका हुन् । मेयर पराजुलीले प्रदेश राजधानीको स्थानीय सरकारका तर्फबाट निर्वाह गर्नुपर्ने भुमिकामा कुनै कमी हुन नदिने बताए । उनले प्रदेश सरकारका प्रशासकीय केन्द्र एकै स्थानमा एकीकृतरुपमा निर्माण गर्न विराटनगर महानगरमा रहेका दर्जन बढी स्थानमा रहेका आबश्यक जग्गाहरु महानगर,प्रदेश सरकार र संघीय सरकारको समन्वयमा आबश्यक कानुनी प्रक्रिया पुरा गरी उपलब्ध गराउन तयार रहेको जानकारी दिए । विराटनगर महानगरका १९ वटै वडामा प्रयाप्त जग्गा रहेको र ती स्थानमा आबश्यक संरचना बनाउन सक्ने ठम्याइ सहित महानगरले सभामुख भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै भण्डारीले प्रदेश सरकारका विभिन्न मातहतका निकायलाई आबश्यक संरचना आबश्यक रहेको र त्यसका लागि महानगरले देखाएको प्रतिबद्धता प्रति आभार ब्यक्त गरे । कार्यक्रममा उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेब अधिकारी लगायतको सहभागिता रहेको थियो ।