विराटनगर १३ फागुन /
समाजसेवाको क्षेत्रमा पछिल्लो समय पुनम कोइराला सक्रियतापूर्वक अगाडी बढिरहेकी छन् । धार्मिक ,सामाजिक क्षेत्रमा कार्यथालनी गर्ने सोचका साथ उनी काम गरिरहेकी छन् । उनी नेपाली कांग्रेसका प्रभाबशाली नेता डा.शेखर कोइरालाकी धर्मपत्नी हुन् । मंगलवार गणेश मन्दिरमा सवालाख बत्ती बाल्दै देशमा शान्ति कायम रहोस भन्ने कामना गरेकी छन् । यस्तै विपन्न ब्याक्तिहरुलाई नगद सहित खाद्य सामाग्री वितरण गरेकी छन् । माओवादी द्धन्द्धकालमा कामरुकामक्षा पुगेर देशमा शान्तिको कामना गरेको स्मरण गर्दै कोइरालाले भनिन देशमा नभन्दै शान्ति आयो । हामी कोइराला परिवार यो देशमा शान्तिको कामना गरिरहेका हुन्छौ । अझै देश अशान्त भएको भन्दै उनले धार्मिक जागरण सहित मानव सेवामा जुट्ने बताइन् ।