काठमान्डौ १२ फागुन /
नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने गरी ल्याउन लागिएको प्रावधान सच्याउन माग गरेको छ । सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर महासंघले ध्यानाकर्षण गराएको हो ।
बिधेयकले प्रेस स्वतन्त्रता कुन्ठित गर्ने भएकाले यसखाले प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको हो । कार्यबाहक अध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टसहितको टोलीले सोमबार सभामुख सापकोटालाई भेटेको थियो । संसदबाट कानून निर्माण गर्ने क्रममा सरोकारवालाहरुलाई समाबिष्ट गर्न महासंघले सभामुखलाई आग्रह गरेको छ ।