विराटनगर महानगर ब्रुमरद्धारा सडक सफाइ गर्दै

जनशक्ति अभावमा थन्किएको ब्रुमर मेसिन प्रयोगमा

Birat Post सोमबार, फाल्गुण १२, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ फागुन /
आबश्यक जनशक्तिको परिपुर्ति भए संगै सडक किनारमा जमेको धुलो सफा गर्ने ब्रुमर गाडी बिराटनगर महानगरपालिकाले प्रयोगमा ल्याएको छ । ब्रुमर चलाउन जान्ने जनशक्ति नहुदा महानगरले मेसिन प्रयोग गरेर सडकको धुलो उठाउन सकिरहेको थिएन । ब्रुमर मेसिन ल्याएको झण्डै एक वर्ष पछी प्रयोगमा ल्याइएको छ । महानगरका सफाइ कर्मचारीलाई कम्पनीका तर्फबाट जाकिर हुसैनले तालिम समेत प्रदान गरिरहेका छन् । ब्रुमर मेसिनमा समस्या नरहेको र चलाउन जान्ने बनाउन आफुले सिकाइरहेको हुसैनले दावी गरेका छन् ।
ब्रुमर मेसिनका विषयमा विभिन्न सबालमा प्रश्नहरु उठेपछि महानगरले सम्वन्धित कम्पनी म्याच इन्टर टेसनस प्रालि काठमान्डौलाई फिर्ता लान या प्रयोगमा ल्याउन आबश्यक प्रबन्ध गर्न चेतावनी दिएको थियो । २०७५ असोजमा ५५ लाख रुपैयाँ तिरेर भित्राएको ब्रुमर मेसिन आबश्यक तालिम र जनशक्तिको पूर्णता भए संगै सोमवारवाट विराटनगरका सडक सफा गर्न थालिएको छ । यसका संगै महानगरले सफाइ कार्यक्रमको अनुगमन समेत गरेको छ ।
शहरका प्राय सवै भागमा सडक कालोपत्रे गर्ने कार्य सम्पन्न हुनेक्रममा रहेकाले ब्रुमर मेसिनवाट सफाइको अभियान थालिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले बताए । उनले सफा सुन्दर विराटनगरको कल्पना गरेको र सोही बमोजिम काम गरिरहको बताए ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले महानगरका विभिन्न स्थानमा सरसफाई अभियान जारी रहेको बताए । विराटनगरका मूख्य सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको र सफाइलाई ब्यवस्थित बनाउने अभियानमा महानगर लागेको जानकारी दिए । हालसम्म महानगरभित्र करिब १ सय ५० किलोमिटर कालोपत्रे सडक तयार भएको छ । अधिकांश बाटाहरु कालोपत्रे बन्ने चरणमा पुगेको महानगरको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल