विराटनगर ८ विहिवार /
विराटनगर महानगर स्थित वडा न.३ मा रहेको सहिद आधारभुत विद्यालयले आफ्नो स्थापनाको ३१ औ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधवार भएको कार्यक्रममा स्मारिका बिमोचन सहित विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने व्याक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्रको विकासका लागि अधितम कार्यहरु भइरहेको बताए । विद्यालय स्तर उन्नती ,नमुना विद्यालय बनाउने अभियान र शैक्षिक जागरणका क्षेत्रमा काम भइरहेको र यसको रिजल्ट देखिनेमा आशा ब्यक्त गरे । यस्तै विद्यालय सुधारका लागि समाजसेवी बल्लभ प्रसाद दाहाल र कृष्ण कुमारी धमलाले ५० -५० हजार नगद रुपैया सहयोग गरेका थिए । कार्यक्रममा समाजसेवी बल्लभप्रसाद दाहालले शिक्षाको ज्योतीनै समाजको ऐना भएको र यसका लागि समय सापेक्ष शिक्षाको कार्यक्रम बनाइनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कविता चापागाइको अध्यक्षतामा भएको कार्यक्रमा प्रध्यानाध्यापक गीता धमला ,स्थानिय समाजसेवी दुर्गा चापागाई ,भगवती पोखरेल,गोविन्द पोख्रेल,राजन भट्टराई ,कृष्ण कार्की लगायतले बोलेका थिए ।