Birat Post मंगलबार, पुष २९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ पुस /
राजनितिमा दरिलो छवी बनाउदै आएका नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ का जनप्रतिनिधिसंग कोइराला निवास विराटनगरमा छलफल गरेका छन् । प्रदेश १ का विभिन्न स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसंग निवासमा समसामयिक राजनीतिको विषयमा छलफल गरिएको हो ।

छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागी थिए । त्यस अवसरमा कोइरालाले कांग्रेस अहिले जत्ति अफ्ठेरो अवस्थामा कहिल्यै नपुगेको बताउँदै भने,‘‘हामी विपक्षी भएदेखि नै विभिन्न ढंगले प्रहार भईरहेको छ । योसंग जुध्नको लागि पनि पार्टी एकढिक्का हुन जरुरी छ ।’’ कोइरालाले सरकारको गतिविधि अधिनायवादतर्फ उन्मुख रहेको र यसले जनताका अधिकारलाई कुण्ठित बनाउने षडयन्त्र गरिरहेको बताए ।

प्रमुख उपप्रमुखहरु कांग्रेसको टिकट पाएर विजयी भएको र अहिलेको समस्यालाई पार लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । भने,‘‘तपाइँहरुले गरेको कामले सिंगो पार्टी र जनतामाझ पनि सन्देश जान्छ ।’’ उनले निश्पक्ष र विकासमा ध्यान दिएर जनमुखी काम गर्न प्रमुख उपप्रमुखहलाई सुझाव दिए ।छलफलमा भेला भएका प्रमुखहरुले पार्टीमा देखिएका समस्यालाई शीर्घ समाधान गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले कांग्रेस विजयी भएका पालिकाहरुमा समेत काम गर्न कठिनाइ भएको दृष्टान्त प्रस्तुत गरेका थिए ।

निवासमा गरिएको छलफलमा प्रदेश १ मा विजयी भएका पहाडी तथा मधेशका विभिन्न तहका प्रमुखहरुको सहभागिता थियो । प्रदेश समन्वय परिषदको बैठकमा सहभागी हुन आएका प्रमुख उपप्रमुखहरुलाई कोइराला निवासमा निमन्त्रणा गरी समसामयिक विषयमा छलफल गर्न र एक आपसका विषयलाई अन्तरसंवाद गरिएको कोइरालाले बताए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छलफलले आफूहरुबीचका अनुभव आदान प्रदान गर्न समेत मद्धत मिलेको सुनाए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल