Birat Post मंगलबार, पुष २९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ पुस
विराटनगर महानगरमा डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ । विराटनगर महानगरपालिकाको आयोजना र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा ७ दिने डकर्मी तालिम प्रदान गरिएको हो ।
विराटनगर महानगरभित्रका ३३ जना डकर्मीहरुलाई तालिममा सहभागि गराइएको थियो । महानगरद्धारा आयोजित डकर्मीहरुको तालिम समापन कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले तालिम फलदायी भएको बिश्वास गरे । उनले महानगर क्षेत्रमा भवन सहिंता अनुरुपका भवन बन्ने बताए । निर्माणमा सरोकार सम्वन्ध डकर्मीलाई यसप्रकारका तालिमको प्रबन्ध मिलाउने पराजुलीले बताए । उनले निर्माणमा सम्लग्न सवै डकर्मीहरुलाई बिमा गर्न र शुरक्षित कसरी रहन सकिन्छ भन्ने कुरामा समेत ध्यान दिन आग्रह गरे । कार्यक्रममा उपमेयर इन्दिरा कार्कीले यसप्रकारका तालिमले भुकम्प प्रतिरोधात्मक शुरक्षित घर कसरी बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन आबश्यक रहेको औल्याइन । कार्यक्रममा तालिममा सहभागि डकर्मीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

महानगरपालिकामा भवन संहिता कार्यान्वयन कार्यक्रममा टेवा पुगोस् भनेर यसप्रकारका तालिम प्रत्येक बर्ष प्रदान गरिदै आएको छ । कार्यक्रममा इन्जिनियर अर्जुन थापा, आर्किटेक प्रविना पोखरेल लगायतले कार्यक्रमको समन्वय गरेका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
अभियन्ता दुर्गा प्रसाईंलाई भद्रपुरबाट काठमाडौँ लगियो
प्रसाइलाई झापाको हिरासतमा राख्ने कि काठमाडौं ल्याउने भन्ने विषयमा छलफल हुदै
नेपाली सेनामा भर्ना खुल्यो,वैशाख २७ भित्र आवेदन दिन सकिने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल