Birat Post सोमबार, पुष २१, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २१ पुस /
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा उद्धत रहेको बताएकी छन् । नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा राष्ट्रिय सभाका उमेदवारसंग राखेको अन्तरसंवाद तथा पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले भनिन्,‘‘सामाजिक संजालदेखि जनताले गरेको कुराकानी समेत ट्यापिङ गर्ने कानुन निर्माणमा सरकार सक्रिय छ ।

कांग्रेसले गरेको विरोधका बाजदुत यो क्रम रोकिएको छैन् ।’’ संग्रौलाले राष्ट्रिय सभा नैतिकवान, जिम्मेवार र विद्वत वर्ग पुग्ने ठाउँ भएकोले योग्य उमेदवारलाई जिताउन आह्वान गरिन । संग्रौलाले केपी ओलीले चुनावअघि राष्ट्रवादको रट लगाएको तर कालापानी र लिपियाधुराको विवाद उठ्दा भारतले कुटनीतिक रुपमा फुटनोट जारी गर्ने र ओली सरकारले पनि त्यही गरेको आरोप लगाइन ।

भनिन्,‘‘केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ ।’’ संग्रौलाले सरकार जनतामाझ अलोकप्रिय बन्दै गएको र उसले प्रतिबद्धता जनाएअनुसार काम गर्नै नसकेको स्पष्ट गरे ।कांग्रेसले प्रदेश १ मा राजेन्द्र घिमिरे, मिना पुलामी मगर र निरबहादुर विश्वकर्मालाई उमेदवार बनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर महानगरको आयोजनामा ‘महानगर रोजगार मेला’ सुरु
आदर्श माविलाई महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि
फोर नेसन्स् इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसको शाखा कार्यालय विराटनगरमा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल