चुनावी चहलपहल बढ्यो
विराटनगर २५ सोमवार / नेपाल औषधी ब्यवसायी संघ मोरङको चुनावी चहलपहल बढेको छ । संघको प्रथम जिल्ला अधिवेशन मंसिर २० गते हुने भएको छ । जसका लागि विराटनगरका औषधी व्यबसायी तथा समाजसेवी ब्याक्तित्व लक्ष्मी प्रसाद तिम्सिनाले उमेद्वारी दिने भएका छन् । विराटपोष्ट संग कुरा गर्दे तिम्सिनाले ब्यवसायीक मर्यादा सहित पेशागत शुरक्षाका पक्षमा काम गर्न उमेद्वारी दिन लागेको बताए । लामो समय देखि कञ्चनवारीमा औषधी व्यवसाय गरेका उनी इमान्दार र प्रष्टबक्ता मानिन्छन् । नेतृत्व लिन तयार रहेको भन्दै तिम्सिनाले सवै संग सुझाव तथा सहयोगको अपेक्षा गरेका छन् ।