Birat Post आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१४ बैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आन्दोलनरत शिक्षकहरूमाथि प्रहरी बल प्रयोग गर्नु र स्थानीय तह लगाएर धम्की दिनु सरकारको कुशासनको अर्को उदाहरण रहेको बताएका छन्।

आन्दोलनरत शिक्षकहरूले प्रहरी घेरा तोड्न खोजेपछि आइतबार दिउँसो झडप हुँदा ६१ जना शिक्षकहरू घाइते भएका थिए। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।

‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो। पठन-पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ,’ कोइरालाले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो।’

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल