Birat Post सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ बैशाख । कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रिय राजनीतिबारे पार्टीले विवेकपूर्ण निर्णय लिने बेला भएको जनाएका छन्।

नयाँ वर्ष २०८२ सालको शुुभकामना सन्देश दिँदै नेता कोइरालाले राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिका कारण कांग्रेसले निर्णय लिने भएको बताएका हुन्। लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्धकको पहिचान बनाएको पार्टी भएकाले अब विवेकपूर्ण निर्णय लिनुपर्ने डा। कोइरालाको मत छ।

शुभकामना सन्देशमा कोइरालाले उल्लेख गरेका छन्, ‘नेपाली जनता माझ कांग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्धक हो भनी चिनिन्छ, तसर्थ वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति र राष्ट्रिय मुद्धाहरुमा कांग्रेसले आफ्नो गौरवशाली इतिहाँसलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प छैन।’

अमेरिका र चीनको व्यापार युद्धका कारण परिस्थिति फेरि शितयुद्ध–२ को अवस्थामा पुगेकाले विपीले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता बढेको कोइरालाको मत छ। उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा देखिएको “शितयुद्ध–२” ले एकपटक फेरी हामीलाई आजभन्दा झण्डै पाँच दशक अगाडि विपी कोइरालाले प्रतिपादन गर्नुभएको “राष्ट्रिय मेलमिलाप” को स्मरण गराएको छ ।’

कोइरालाले कांग्रेसमा शुद्धीकरण अभियानको आवश्यकता औंल्याएका छन्। राजनीतिमा देखिएको विकृति विसंगतिको अन्त्यका लागि अब ढिलो गर्न नहुने उनको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल