काठमान्डौ,३१ चैत । सनातन धर्म ,संस्कृति तथा मानवतावादी दर्शनका प्रचारक लक्ष्मण भट्टराइको निधन भएको छ । ओखलढुङा सेर्ना हाल चिशंङ्खुगढी गाउपालिका ५ मा वि.स. २०४१ असोज ९ गते जन्मिनुभएका भट्टराईको नवलपरासीको गजेन्द्रमोक्षधाममा स्नानगर्नेक्रममा चिप्लिएर पानीमा परी गत शुक्रबार निधन भएको हो ।
उहाँ सानै उमेरबाट अध्यात्मिक क्षेत्रमा लाग्नु भएको थियो । यसैक्रममा विगत २ वर्ष यता पवित्र तिर्थस्थल गजेन्द्रमोक्षधाममा रहि अध्यात्मक्षेत्रमा योगदान दिदै आउनु भएको थियो । सनातन धर्म,संस्कृति,सभ्यताका क्षेत्रमा योगदान दिनुभएका उहाँको निधनप्रति धार्मिक क्षेत्रका मानिसहरुले दुःख व्यक्त गरेका छन् । उहाँको आजै अन्तिम संस्कार गरिएको उनका पिता हुतराज भट्टराइले जानकारी दिनुभयो ।