Birat Post आइतबार, चैत्र २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,२४ चैत ।

ईन्द्रेणी कला प्रतिष्ठान विराटनगरले आफ्नो पाँचौ स्थापना दिवसका अवसरमा सुमधुर सांगीतिक एवम स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरि बरिष्ठ कलाकार प्रेम सुनामलाई शनिबार विराटनगरमा सम्मान गरेको छ । बरिष्ठ कलाकार प्रेम सुनामलाई दोसल्ला र नगद ५ हजार ११ रुपैया सहित सम्मान गरेको हो । साहित्य, संस्कृति र कलामार्फत सम्मानित सुनामले नेपालको कला र सस्कृतिलाई विश्वभर चिनाउनको लागी मुख्य भुमिका खेलेको ले सम्मान गरिएको ईन्द्रेणी कला प्रतिष्ठानका अध्यक्ष रामा मण्डलले जानकारी दिनुभयो ।

इन्द्रेणी कला प्रतिष्ठानका अध्यक्ष रामा मण्डलले गीत सङ्गीत र नृत्य क्षेत्रमा स्वदेश होस वा विदेश जहाँ हुँदा पनि प्रेम सुनामले नेपालको कला क्षेत्रमा ठूलो योगदान दिएको र उनलाई सम्मान गर्न पाउँदा आफू र आफनो सस्था गौरवान्वित भएको बताएका छन् ।

सम्मान ग्रहणपछि प्रेम सुनाम ले इन्द्रेणी कला प्रतिष्ठान लाई पनि धन्यवाद र आभार प्रकट गर्दै आफू निरन्तर कला क्षेत्रमा जिवनको अन्त्य सम्म पनि जारी राख्ने उल्लेख गर्नुभयो । कार्यक्रममा गायक नितिन गजुरेल , भानु कला केन्द्र की सस्थापक माया पौडेल , पुर्वाञ्चल विश्वविद्यालयका प्राध्यपक एव प्राज्ञ दिनेश राज सुवेदी , डा जिवन ढकाल , चलचित्र निर्देशक केशव रायमाझी , गायक प्रवलदिप विश्वास , कलाकार हरु वैज्ञनाथ ठाकुर , मनोज राजवंशी , विनोद श्रेष्ठ, समिक्षा कार्की , विदुर ढुङगेल एवम ईन्द्रेणी कला प्रतिष्ठानका सदस्य कलाकारहरू उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
मोरङको केराबारीबाट ३ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ
सुमधुर सांगीतिक एवम स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल