Birat Post आइतबार, चैत्र २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,२४ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका छन् ।

आइतबार डा. सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिती एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका हुन् । ‘अहिलेको देशको राजनीतिक परिस्थिती एकदमै नाजूक छ । दिनदिनै खराब हुँदै गइरहेको छ । विचौलियाहरुको विगविगी भएको छ । हरेक ठाउँ वा हरेक तप्काका विचौलियाहरु विगविगी छ । तर यो सरकार निर्माण गर्दा जुन कल्पना गरिएको थियो त्यो हामीले अगाडि बढाउनै सकेनौं । काम नै भएको छैन ।’

नले देशको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नभएको बताए । उनले राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए देश बन्ने बताए । ‘देशको अर्थतन्त्रसँग खेल्ने, मजाक गर्ने अधिकार कसैलाई छैन । उहाँहरु(सरकार)ले सुशासन दिन्छौ, देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्छौ भन्नुभयो तर सुशासन कस्तो अवस्थामा छ मैले भनिरहन पर्दैन,’ उनले भने । उनले पुस्तक ‘कात्रोमा खल्ती’को प्रसंग झिक्दै हाल नेपालमा कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरुले प्रबृत्ति देखाउन थालेको पनि बताए ।

फरक प्रसंगमा डा. कोइरालाले केही स्थानमा राजनेता बीपी कोइरालाको शालिकमा मोसो दल्ने काम भएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने,‘पश्चिमतिर वीपीको शालिकमा कालो मोसो दल्ने काम भएछ । त्यो राम्रो संस्कार होइन । मोसो दल्दैमा बीपी कालो हुने पनि होइन । वीपीबाट धेरै कुरा सिक्न जरुरी छ ।’

सम्बन्धित

ताजा अपडेट
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
मोरङको केराबारीबाट ३ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ
सुमधुर सांगीतिक एवम स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल