Birat Post बुधबार, चैत्र १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,१३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केही छाती पिटिपिटी रोइरहेको टिप्पणी गरेका छन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट अपमानपूर्वक हटाएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले गरेको अवरोधलाई लक्षित गर्दै उनको यो अभिव्यक्ति आएको हो ।

बुधबार राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा आफूले जवाफ दिइरहन नपर्ने पनि दाबी गरेका छन् ।

‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्काे नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जे भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकोमा चिन्ता व्यक्त गरे । उनले विपक्षीलाई आग्रह गर्दै भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईंहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ, न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

सम्बन्धित

ताजा अपडेट
इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : वाइआरसिसि सेमिफाइनलमा प्रवेश
पेरूका नेता गोन्जालोलाई मारेर त्यहाँको आन्दोलननै समाप्त पारिएको स्मरण गराउँदै दुर्गा प्रसाइले भने म नेपालमै छु
विराटनगरमा बहिरा क्रिकेट बिहीबारदेखि हुदै: खेलाडीले भने “हामिले क्रिकेट खेलेको हेर्न आउनुहोस्,कस्तो लाग्छ?”

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल