Birat Post बिहिबार, फाल्गुण २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ फाल्गुन / विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा मेयर कोइरालाले होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने मेयर कोइरालाको भनाइ थियो । ‘पछिल्लो समय विभिन्न खालका सामाजिक विकृति र विसंगतिले स्थान पाएको भन्ने सार्वजनिक टिप्पणी हुने गरेको सन्दर्भमा यस पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन विराटनगरवासीसहित सबैलाई आग्रहसमेत गर्दछु,’ मेयर कोइरालाले भन्नुभयो, ‘यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउनेछ भन्ने विश्वास लिएको छु ।’ मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको उहाँको भनाइ थियो ।

कार्यक्रममा एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गरिएको थियो । त्यस्तै होलीका गीतमा सामूहिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । महानगरले होलीका अवसरमा हरेक वर्ष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ । यस्तै दशैं, तिहार, तीजसहित महत्वपूर्ण पर्वहरुमा समेत महानगरले शुभकामना आदानप्रदानसहितका विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल