काठमाडौँ ,१३ फाल्गुन । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ।