विराटनगर,२८ माघ । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा कैलाश रेग्मी चयन भएका छन् । सोमबार मन्दिर व्यवस्थापन समितिकी संयोजक अञ्जु कार्कीको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई पुन: तीन वर्षका लागि अध्यक्षको जिम्मेवारी दिएको हो । यस्तै उपाध्यक्षमा नन्दकिशोर राठी, सचिवमा कृष्ण बहादुर कार्की, सह सचिव नविनिता रिजाल र कोषाध्यक्षमा नरेश राठी चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा अन्जना थापा, सुनिल पौडेल, राजन न्यौपाने, सुजित चेल, सन्तोष महत (सेन्ट्रो) र सञ्जय अग्रवाल चयन भएका छन् । विराटनगरबाट निस्क्ने एतिहासिक राधाकृष्ण रथ यात्राको संचालन तथा ब्यबस्थापन गर्ने कार्यमा अनुभवी रेग्मी ,सामाजिक व्यक्तित्व राठी र राजनैतिक ,धार्मिक तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय कार्की लगायतको समुहले आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्ने विस्वास लिइएको छ ।