काठमाडौँ ,२८ माघ / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।
मङ्गलबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बदली, हिमपात तथा हुस्सु-कुहिरोको सम्भावना भएको स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।