विराटनगर,२१ माघ । सरस्वती पूजाको अवसरमा विराटनगर- ७ स्थित सरस्वती मन्दिरमा विशेष काव्य गोष्ठी आयोजना गरिएको छ । सोमबार सरस्वती मन्दिर पूजनोत्सव मूल समिति विराटनगरले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरुले काव्य श्रवण गराएका थिए ।
विशेष काव्य गोष्ठी उपसमितिका संयोजक एवं कवि चुडामणि नेपाल अकिञ्चनको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । विशेष काव्य गोष्ठीमा नारायणप्रसाद पोखरेल, गोकुल अधिकारी, बाबुराम पोखरेल, स्वयम्भुनाथ कार्की, शिवनारायण सिग्नल पण्डित, राधा भट्टराई, दिनेशराज सुवेदी दिङ्लाली कान्छो, पूर्णिमा सहनी, निस्गत खतिवडा, प्राज्ञ खेम नेपाली, सबिना श्रेष्ठ, निर्मला नेपाल, हरि बराल, प्रसिल पोखरेल, चन्द्र सुब्बा, पुष्पा सायडा, लक्ष्मी रायमाझी खड्का, मन्जु श्री गिरी, विपुल बस्नेत, आयाम पोखरेल, प्रतिमा निरौला, भरत गुरागाई बर्बरिक, प्रिन्स प्रमोद ढकाल, रोहिणी रसिक, चुडामणि नेपाल अकिञ्चन, लगायत करिब ३ दर्जन साहित्यकारहरुले काव्यरचना वाचन गरेका थिए । काव्यगोष्ठीमा सहभागीहरुलाई सो समारोहका उप-संयोजक नारायणप्रसाद पोखरेलले टीका, माला, मायाको चिनोले सम्मान गरेका थिए ।
। आयोजक संस्थाले प्रत्येक वर्ष सरस्वती पूजाका दिन पारेर काव्य गोष्ठी गर्ने जनाएको छ । उक्त काव्यगोष्ठी कार्यक्रममा मन्दिरका अध्यक्ष कमल भट्ट, सचिव विमल पोखरेल, कोषाध्यक्ष सन्तोष पोखरेल लगायत समाजका प्रबुद्ध व्यक्तिहरु गोकुल पोखरेल, पारशमणि पोखरेल, राजेश पोखरेल, राम भण्डारी, विश्वकान्त दाहाल, पत्रकार महासंघ मोरङका कोषाध्यक्ष कौशल निरौला लगायत शिक्षक विद्यार्थीको सहभागिता थियो ।