काठमाडौं, २० माघ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै तुक नरहेको बताएकी छन् । आफ्नो पार्टी एकीकृत समाजवादी पनि अध्यादेशमार्फत नै जन्मिएकाले कम्तिमा त्यो पार्टीमा रहेका नेताहरुले अध्यादेशको विरोध गर्न नहुने उनको तर्क छ ।
तत्कालीन समयमा सरकारले एमाले विभाजनकै लागि उक्त अध्यादेश ल्याएको थियो । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले अहिले सरकारले ल्याएको अध्यादेशको विरोध गरिरहेको छ । २०७८ भदौमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएपछि एमाले विभाजन भएको थियो ।