Birat Post शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१८ माघ ।  विराटनगरस्थित न्यूरो हस्पिटलमा अत्याधुनिक उपकरण जडान गरिएको ‘मोडुलर अपरेशन थिएटर’ संचालनमा ल्याएको छ । एकैपटकमा पाँच वटासम्म शल्यक्रिया गरिन सक्ने एउटा छानामुनि रहेको मोडुलर अपरेशन थिएटर बिहीबार एक कार्यक्रमबीच संचालनमा ल्याएको हो । मोडुलर अपरेशन थिएटरको उद्घाटन अस्पतालका अध्यक्ष डा. विरेन्द्र कुमार विष्ट र निर्देशक अनिशा विष्टले संयुक्त रुपमा रिविन काटेर गरे ।

संचालनमा आएको नयाँ मोडुलर अपरेटिङ थिएटरमा अत्याधुनिक उपकरणहरु जडान गरिएकाले एकै समयमा पाँच वटासम्म शल्यक्रिया गर्न सकिने अस्पतालका अध्यक्ष डा. विष्टले बताए । ‘बिरामीहरुले अपरेशनको लागी प्रतीक्षा गर्नु पर्ने समयलाई घटाउनुको साथै अस्पतालमा शल्यक्रियाको लागी प्रयोग हुने साधनहरूको अधिकतम उपयोग गर्दछ । विरामीको हकमा यसले संक्रमणको जोखिम कम गर्न मद्दत गर्दछ र बिरामीको सुरक्षा र हेरचाहको लागी चाहिने उच्चतम मापदण्डहरू पुरा गर्दछ,’ अध्यक्ष विष्टले भने, ‘मोडुलर अपरेशन थिएटर नयाँ सोच र निरन्तर सुधारतर्फको हाम्रो प्रतिबद्धताको प्रतीक हो । हामी समाजलाई नवीनतम चिकित्सा प्रविधि र प्रथाहरू भित्रयाएर हर सम्भव उत्कृष्ट हेरचाह प्रदान गर्न समर्पित छौं ।’

शल्यक्रियाका लागी चाहिने नवीनतम उपकरणहरू र त्यसलाई सहयोग गर्ने अत्याधुनिक प्रणालीहरु जडित रहेकोले यसले जटिल र विविध प्रकारका शल्यक्रियाहरु गर्न मद्दत पुग्ने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए । ‘अपरेशन थिएटरको मोडुलर डिजाइनको कारण यसले उपलब्ध स्थानको अधिकतम प्रयोग गर्न र आपतकालीन अवस्थामा प्रभावकारी रूपमा कार्य गर्न सहयोग गर्दछ,’ भट्टराईले भने ।

अस्पतालले भर्खरै बरिष्ठ न्यूरोसर्जन डा. रोशन खतिवडा तथा बरिष्ठ न्यूरोसर्जन डा. सुनील कुमार दासलाई भित्रयाएका छ । ‘अस्पतालमा नयाँ चिकित्सकहरुकोे आगमनले हामी नयाँ नयाँ पद्दतीका शल्यक्रियाहरु गर्न सक्षम हुनेछौ भन्ने हाम्रो विश्वास छ,’ अपरेशनल डाइरेक्टर भट्टराईले भने ।
त्यस बाहेक अस्पतालमा न्यूरो सर्जनका रुपमा डा. आशिष जंग थापा, डा. आलोक झा, बरिष्ठ अर्थोपेडिक सर्जन प्रो. डा. नविन कुमार कर्ण, बरिष्ठ अर्थोपेडिक सर्जन डा. अमित देब, बरिष्ठ जि.आई तथा ल्याप्रोस्कोपिक सर्जन डा. सदिप खुनिया, जनरल सर्जन डा. प्रज्वल खतिवडा, युरो सर्जन डा. पुरुषोत्तम पराजुली, इएनटी सर्जन डा. रोशन आचार्य, डेन्टल सर्जन डा. अमित प्रताप शाह, बरिष्ठ प्रसुती तथा स्त्री रोग बिशेषज्ञ प्रा.डा. शैलजा क्षेत्री श्रेष्ठ, डा. निशा अधिकारी लगायतका सर्जनहरुको बिशेषज्ञ टोली रहेको छ ।

त्यसैगरि बिरामीहरुको अपरेशनलाई सहज बनाउन एनेस्थेसियोलोजिष्टको रुपमा डा. मन्जिल श्रेष्ठ, डा. अर्जुन क्षेत्री, डा. लोकेन्द्र मण्डलको पुर्णकालिन सेवा रहेको छ ।
त्यसैगरि बरिष्ठ न्यूरो फिजिसियन डा. बिरेन्द्र कुमार बिष्ट, बरिष्ठ मुटु रोग विशेषज्ञ डा. निकेश राज श्रेष्ठ, बरिष्ठ फिजिसियन तथा बाथ रोग विशेषज्ञ डा. बिबेक कट्टेल, बरिष्ठ न्यूरो फिजिसियन डा. सुनन्द पौडेल, बरिष्ठ प्याथोलोजिष्ट डा. सागर राज पाण्डे, बरिष्ठ रेडियोलोजिष्ट डा. पन्नालाल शाह, बरिष्ठ रेडियोलोजिष्ट डा. निरज रेग्मी, बरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा. भुवनेश्वर यादब, बरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद साह, बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रन्जन थापा, बरिष्ठ मटुरोग विशेषज्ञ डा राजन कर्ण, बरिष्ठ फिजिसियन कुमार साह, फिजिसियन डा रमाकान्त राय, बरिष्ठ छाला रोग विशेषज्ञ डा रिचा शर्मा, बरिष्ठ फिजियोथेरापिष्ट वा नविन कुमार चौधरी लगायतका चिकित्सकीय टोली रहेको छ ।

यसै बर्ष अस्पतालले मोडुलर अपरेशन थिएटरको अतिरिक्त एमआरआइ, एआइ, सिटी स्क्यान, डेक्सा स्कयान र बिरामीहरुको लागी सुविधा सम्पन्न निजी क्याबिनहरूमा ठूलो लगानी गरेको अस्पतालले जनाएको छ । जसले बिरामीहरुको सही निदान र उचित हेरचाहमा ठूलो मद्दत पुग्ने बताइएको छ । त्यसैगरि अस्पतालमा न्यूरो नेभिगेशन स्टिल्य, कुजा एकसेल, इन्डोस्कोपी सर्जरी,लगायतका अत्याधुनिक उपकरणहरु उपलब्ध छन् ।

सम्बन्धित

ताजा अपडेट
बेलबारीमा दुईदिवसीय बाल साहित्य तथा धिमाल भाषा गोष्ठी सम्पन्न
न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर , एकैपटक पाँच वटा शल्यक्रिया गर्न सकिने
संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल